आज पनि नेप्सेमा उच्च अंकको गिरावट
काठमाडौं । आज साताको दोस्रो दिन नेप्सेमा उच्च अंकको गिरावट आएको छ । केही दिनदेखि लगार घटेको नेप्से परिसूचक आज पनि ७९ अंक अर्थात ३ दशमलव ३६ प्रतिशतले घटेर २ हजार २८२ विन्दुमा झरेको छ । त्यस्तै, आज नेप्सेमा सूचिकृत २३३ कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १७७ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य भएका छन् । सर्वाधिक घट्नेमा जीवन बीमा समूह र निर्जीबन बीमा समूहको घटेको छ । निर्जीबन बीमा समूहको ५४५ रुपैयाँ ९८ पैसा र जीवन बीमा समूहको ४२५ रुपैयाँ ३३ पैसाले घटेको हो । त्यस्तै, आज सर्वाधिक कारोबार हुने कम्पनीमा नबिल बैंक रहेको छ । बैंकको एकैदिन १८ करोड ३ लाख ५९ हजार ३०२ रुपैयाँको कारोबार भएको हो ।
साथै आज सर्वाधिक कमाउने कम्पनीमा गुर्खाज फाइनान्स रहेको छ । गोर्खास फाइनान्सको आज ९ दशमलव ४७ प्रतिशत अंकले बृद्धि भएको हो । त्यस्तै, बोटल्स नेपालको ५ दशमलव ४० प्रतिशत, यूनिलिभर नेपालको ४ दशमलव ०३ प्रतिशत, माउन्टेन इर्नजी नेपालको ३ दशमलव ९२ प्रतिशत, आइसीएफसी फाइनान्स डिबेञ्चरको २ दशमलव ०५ प्रतिशत, एनआइबिएल प्रगति फण्डको १ दशमलव ४२ प्रतिशत र लक्ष्मी बैंक डिबेञ्चरको १ दशमलव २० प्रतिशतले वृद्धि भएको हो ।



