बागमती प्रदेश : यातायात व्यवस्थापन सुधारका कार्य अघि बढाइने

तु खबर संवाददाता
२०७८ मंसिर २६, आईतवार १०:२६

मकवानपुर । बागमती प्रदेशका मख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश सरकारले राज्यले जनतालाई पुर्याइरहेको सेवा ऐनाका रुपमा जनताले बुझ्ने सवारीचालक अनुमतिपत्र जारी गर्ने प्रणालीलाई कसरी सहज र व्यवस्थित बनाउन सकिन्छ भन्ने अवधारंण तत्काल प्रस्तुत गर्न निर्देशन दिएका छन् ।

उनले उक्त कार्यका लागि प्रदश सरकारले केके कुरामा नीतिगत् र संरचनागत् सुधार गर्नु आवश्यक छ र उक्त कार्यका लागि प्राथमिकता दिएर योजना कार्यान्वयनमा लगिने भएकाले विषयविज्ञहरुलाई बुंदागत रुपमा योजनाहरु पेश गर्न पनि निर्देशन दिएका छन् ।

प्रदेश सरकारमातहत यातायात क्षेत्रसँग सम्बन्धित कार्यालयमा जिम्मेवारी लिएका कर्मचारीलाई समयको बदलावसँगै जनअपेक्षा बमोजिम यातायात क्षेत्रमा देखा परेका कमजोरी सुधार र जनअपेक्षा अनुरुप सेवा प्रवाहमा सुधारका लागि प्रदेश सरकार ले लिने नीति तथा कार्यक्रम कार्यान्वयनमा सहयोग गर्न उनले र्निेशन दिएका हुन् । सुधारका लागि चाल्ने कदममा असहयोग गर्ने कर्मचारीलाई ‘राइट मेन, राइट प्लेस’ को भावना अनुसार व्यवस्थापन गरी यातायात क्षेत्रमा देखिएका समस्या प्राथमिकताका साथ समाधान गर्ने योजना रहेको उनले बताए ।

बागमती प्रदेश सरकारले सधैभरि जनताको गुनासो जोडिरहने क्षेत्र यातायात क्षेत्रका विविध विषयमा छलफल गरी सहज एवम् प्रभावकारी ढंगबाट सेवा प्रवाहका लागि प्रणालीगत् सुधारका लागि विषय विज्ञको सहभागितामा छलफल गरेको हो । कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले यातायात व्यवस्थामा अन्तरसरकारी समन्वय विषयमा कार्यपत्र प्रस्तुत गर्दै सवारीचालक अनुमतिपत्र, विद्युतीय सवारी दर्ता प्रणालीबारे चर्चा गरेका थिए ।

उनले एम्बोस्ड नम्बर प्लेट जडान, सवारीपरीक्षण, सार्वजनिक सवारीमा कार्डबाट भाडा भुक्तानी प्रणाली व्यवस्थापनलगायत यातायात क्षेत्रसँग जोडिएका विषयमा संघीय र प्रदेश सरकारले हालको सवारीचालक अनुमतिपत्र प्राप्त गर्न लिइने परीक्षा तथा परीक्षापश्चात् जारी हुने लाइसेन्स प्रणालीलाई व्यवस्थित गर्न सकिने उपाय सुझाएका थिए । सार्वजनिक सवारीमा कार्डबाट भाडा भुक्तानी प्रणालीलाई तुरुन्त लागु गर्ने योजनासमेत उनले प्रस्तुत गरेका थिए ।