आज नेप्से सामान्य अंकले गिरावट, २ अर्बको कारोबार

तु खबर संवाददाता
२०७८ मंसिर २३, बिहीबार १५:४१

काठमाडौं । आज साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक सामान्य अंकले गिरावट भएको छ । आज नेप्से परिसूचक ५ दशमलव ८४ अंक अर्थात शुन्य दशमलव २४ प्रतिशतले घटेर २ हजार ४४९ दशमलव ९७ विन्दुमा झरेको छ ।

आज नेप्से परिसूचक सामान्य अंकले घट्दा कारोबार रकम पनि घटेको छ । आज २ अर्ब ६७ करोड ३३ लाख ८ हजार ७९१ रुपैयाँको शेयर कारोबार भएको छ । बिहिबार नेप्सेमा सूचिकृत २३१ कम्पनीको ६२ लाख २३ हजार ७२१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६७ करोड ३३ लाख ८ हजार ७९१ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज होटल तथा पर्यटन समूह, अन्य समूह र म्युचुअल फण्ड समूह बाहेकका सबै समूह राताम्य भएका छन् । सर्वाधिक घट्नेमा निर्जीबन बीमा समूह ६० दशमलव २७ अंकले घटेको छ । यस्तै, आज आज हिमालयन डिस्टिलरी कम्पनीको सर्वाधिक ८ करोड ८५ लाख ५२ हजार २०५ रुपैयाँको कारोबार भएको छ । त्यस्तै, सिजर्नी पावरको ४.५५ प्रतिशत अंक तथा १८ रुपैयाँले शेयरमूल्य बढेको छ ।