५ महिनामै भ्रष्टाचारका ९१७ उजुरी

तु खबर संवाददाता
२०७८ मंसिर २२, बुधबार ०८:१९

मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको कार्यालयमा आर्थिक वर्ष २०७८/०७९ को सुरुवाती ५ महिनामै भ्रष्टाचारका ९ सय १७ वटा उजुरी परेको छ । राज्य पुनसंरचनापश्चात संघीय शासन प्रणालीमा आए पनि संघ, प्रदेश र स्थानीय तहमा सुशासन र पारदर्शिताको कमीले आर्थिक वर्ष २०७८/०७९ को सुरु ५ महिनामै भष्टाचारका ९ सय १७ उजुरी परको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा ९ सय २९ वटा मात्र उजुरी परेको थियो भने आर्थिक वर्ष २०७६/०७७ मा ११ सय ७६ वटा उजरी परेको थियो । यस वर्षको मंसिर २० गतेसम्म परेको उजुरीमध्ये सबैभन्दा बढी स्थानीय तहमा ४ सय ४४ वटा छन् भने स्थानीय तहकै शिक्षातर्फ १ सय ६४ वटा उजुरी परेका छन् ।

उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयका ६८ वटा, भूमिका ६५ वटा छन् भने भौतिक कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले बताए । जनतासँग निकट सम्पर्कमा रहने स्थानीय तह भ्रष्टाचारको अखडा बन्दै गएको सापकोटाले बताए । भ्रष्टाचार संसारमा नयाँ घटना नभए पनि शताब्दीदेखि यसले समाजमा जरा गाइदै आएको छ भने नेपाली समाजमा पनि यसले नराम्ररी छाप पारेको अख्तियारको तथ्यांकले पुष्टि गरेको छ।