शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा प्रादेशिक कार्यशाला
मकवानपुर । हेटौंडामा प्राविधिक तथा व्यावसायीक शिक्षा एवम् तालिम क्षेत्रको रणनीतिक योजना तर्जुमाका लागि क्षेत्रगत बिश्लेषण सम्बन्धी दुई दिने प्रादेशीक कार्यशाला भएको छ । उक्त कार्यशाला शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भएको हो ।
कार्यशालाको उद्घाटन् उपमहानगरपालिकाका मेयर हरिबहादुर महत गरेका हुन् । उनले अबको युग भनेको प्राविधिक र व्यावसायीक शिक्षाको युग रहेको बताए । उनले होटलमा ठुला गोष्ठी, सेमिनारहरु मात्र गर्ने भन्दा पनि कार्यान्वयन हुने कुरामा जोड दिन आग्रह गरे यसअघि सेमिनार गोष्ठीहरु धेरै आयोजना भएपनि अब भने कार्यान्वयन गर्नका लागि उनले सुझाव दिए । पहिलेको शिक्षामा अब फरकपन ल्याउनका लागि उनले सुझाब दिए ।
