आज नेप्सेमा हरियाली, ३२ अंकले बढ्दा ४ अर्बमाथिको कारोबार

तु खबर संवाददाता
२०७८ मंसिर २०, सोमबार १६:०८

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार नेप्सेमा हरियाली छाएको छ । केही दिनदेखि लगातार ओरालो लागेको नेप्से परिसूचक आज भने हरियाली छाएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज नेप्से परिसूचक ३२ दशमलव २२ अंकले बढेर २ हजार ५४६ दशमलव ०९ विन्दुमा पुगेको छ ।

नेप्सेमा सूचिकृत २२७ कम्पनीको ९४ लाख ७१ हजार ३११ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ रुपैयाँको कारोबार भएको छ । साथै आज नेप्सेमा रहेका १३ उपसूचकमा नै हरियाली छाएको छ । सर्वाधिक प्रतिशत र रुपैयाँका आधारमा विकास बैंक समूहमा ३.४५ प्रतिशत र १५७ रुपैयाँले बृद्धि भएको हो ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा नबिल बैंक रहेको छ । बैंकको आज एकैदिन १७ करोड १५ लाख ९३ हजार १२८ रुपैयाँको कारोबार भएको छ । त्यस्तै, मेरो मााइक्रोफाइनान्स लघुवित्त र एक्सल डेभलपमेन्ट बैंकको शेयरमा सर्किट लागेको छ ।