सिकार खेल्न गएका मल्लको गोली लागेर मृत्यु

तु खबर संवाददाता
२०७८ मंसिर २०, सोमबार ०८:०७
सांकेतिक तस्वीर

काठमाडौँ । सिकार खेल्न गएका एक युवकको गोली लागेर मृत्यु भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्वर १ थप्रेकमा गोली लागेर सोही ठाउँकै १७ वर्षीय रोहित मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शुक्लागण्डकीस्थित रतनपुर सामुदायिक वनको तुरतुरे पाखामा सिकार खेल्न गएकोबेला घटना भएको प्रहरीको भनाइ छ ।

उनको गोली लागेर घटनास्थलमै मृत्यु भएको हो । सिकार खेल्न उनीसंगै अर्का एक जना पनि गएको बुझिएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानअनुसार बन्दुक रोहितले नै बोकेको देखिन आएको प्रहरीले जनाएको छ । प्रहरीले बन्दुकसहित छिमेकी ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी खड्काले जानकारी दिए ।