माओवादी केन्द्र भीमफेदीमा स्याङतानको नेतृत्व
मकवानपुर । नेकपा माओवादी केन्द्र भीमफेदी गाउँपालिकाको अध्यक्षमा बद्रीबहादुर स्याङतान चयन भएका छन् । शनिबार भएको सम्मेलनले स्याङतानको अध्यक्षतामा ४९ सदस्यीय गाउँ कमिटी सर्बसम्मत चयन गरेको हो । कमिटिको वरिष्ठ उपाध्यक्षमा अप्सरा लोप्चन, उपाध्यक्षमा प्रितिलाल लामा, मदन बर्तौला, सचिवमा रञ्जित राना, सह–सचिवमा दिपक गोले, र कोषाध्यक्षमा अमृत बल चयन भएको माओवादी केन्द्र मकवानपुरले जनाएको छ ।
यसैगरी सदस्यहरुमा क्रमशः राजु स्याङतान, प्रदिप सिवाकोटी, सपना लामा, विश्नुमाया थिङ, अन्जु लामा, नानुमाया सुनार, धावा थोकर, सन्जिब शाही लगायत रहेको माओवादी केन्द्र मकवानपुरका प्रचारप्रसार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) ले जानकारी दिए । गाउँ कमिटिको पहिलो बैठकले ६ जना मनोनित गरी ५५ सदस्यीयको टिम पुरा हुने प्रमुख पाख्रिनको भनाई छ ।
