कांग्रेस अब गुट र उपगुटबाट मुक्त हुनुपर्नेमा इन्द्र बानियाँको जोड
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले कांग्रेस अब गुट र उपगुटबाट मुक्त भएर नेपाली जनताको लागि सर्मपण हुनुपर्ने समय आएको बताएका छन । आज (बिहिबार) हेटौंडामा भएको कांग्रेस बागमती प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पार्टीका कार्यकर्ताहरुले जनताको घरदैलोमा पुगेर भविष्यमा सम्पन्न हुने आम निर्वाचनमा पार्टीलाई अत्याधिक रुपले विजयी गराउन सक्रिय हुनुपर्ने बताए ।
उनले कांग्रेसले मुलुकमा संकट पर्दा नेतृत्व गरी प्रजातन्त्रको स्थापना, मानव अधिकारको पुर्णबहाली गरेको स्मरण गराए । कांग्रेस बागमतीको प्रदेश कमिटीको पदाधिकारीसहित सदस्यहरुको निर्वाचनको लागि भोलि शुक्रबार उम्मेदवारको मनोेनय दर्ता गर्ने समय तालिका तोकिएको छ ।
भोलि हुने मनोनय दर्ता भएपछि पर्सी अर्थात मंसिर १८ गते शनिबार अन्तिम नामावली प्रकाशन भएको निर्वाचन कार्यतालिका तोकिएको पनि नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए । उनका अनुसार, नेपाली कांग्रेस बागमती प्रदेश कमिटीको लागि १३ जिल्लाका पार्टी सभापति तथा महासमितिमा सदस्यहरुसमेत गरी १ हजार ९ सय ६० मतदाता रहेको पनि बताए ।


