दुर्घटनामा माओवादी केद्रका केन्द्रीय सदस्य बन्जाडेको मृत्यु

तु खबर संवाददाता
२०७८ मंसिर ८, बुधबार ०८:४३

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज रामप्रसाद बन्जाडेको मृत्यु भएको छ । बन्जाडेको सवारी दुर्घटनामा परेर आज (बुधबार) बिहान मृत्यु भएको हो । रुपन्देहीको जितगढीमा गएराति बसले ठक्कर दिंदा गम्भीर घाइते भएका थिए ।

घाइते उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । बञ्जाडे अखिल (क्रान्तिकारी) को पूर्व महासचिव समेत हुन् ।

ट्रकको ठक्करबाट दुई जनाको मृत्यु
काठमाडौं । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–४ रम्भापुरमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । भुस बोकेको प्रदेश २–०३००१ ख ४५२४ नम्बरको ट्रकले गएराति ठक्कर दिंदा स्थानीय दुई जना पैदलयात्रीको मृत्यु भएको हो । मृत्यु हुनेमा रम्भापुर गैंडाखाल बस्ने २६ वर्षीय दुर्गा काफ्ले र ४० वर्षीय टिकानाथ कँवर रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।