मकवानपुर क्षेत्र नम्वर २ बाट महाधिवेशन प्रतिनिधिमा को–को निर्वाचित भए ? (मतपरिणामसहित)

तु खबर संवाददाता
२०७८ मंसिर ७, मंगलवार १७:२९

मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मकवानपुर क्षेत्र नम्वर २ बाट निर्वाचित महाधिवेशन प्रतिनिधिको नाम सार्वजनिक गरिएको छ । मत परिणाम अनुसार प्रत्येक्ष महिलातर्फ उमा दाहाल (५८०), जानकी लामा तामाङ (६१९), मिरा स्यांतान (६५९) र निलम देवकोटा (४९३) मतले विजयी भएका छन् ।

प्रत्येक्ष खुल्लातर्फ इश्वर पाठक (६००), शंकर न्यौपाने (३०८), जयराम लामिछाने (६७०), टेकनाथ शिवकोटी (३५५), बुद्ध लामा (६०३), भरत लामा (४४०), ठाकुरराम तितुङ (४२०), राजकुमार मल्ल (३६३), राज मैनाली (३३२), सन्तबहादुर प्रजा (५१८) मतले विजयी भएका हुन् । खस आर्य खुलातर्फ राजेश भेटवाल (६७६), आदिवासी जनजाति महिलातर्फ गोरी माया लामा (५४३), जानकी लामा (४११) र निर्मला हिम्डुङ (३९४) मत सहित विजयी भएका छन् । आदिवासी जनजाति खुल्लातर्फ जमान सिं वाईबा (५७७), चित्रबहादुर थापा (५४४), रामचन्द्र थिङ (५४९), रत्नबहादुर गोले (५०५), दलिततर्फ शान्ताकुमारी विक (५५१), मधेशी, थारु, मुस्लिम, अल्पसंख्यक, अपांगतर्फ सूर्यबहादुर रुम्बा (४७१) मतले बिजयी भएका हुन् ।

संघीय सभापति पदमा लोक मोक्तान निर्वाचित भएका छन् । उनले ६२० मत प्राप्त गर्दा अर्का उम्मेदवार इश्वरराज पौडेलले ३५३ मत ल्याए । त्यस्तै, सचिवमा थलबहादुर थापा ५२७ र बलराम घिमिरे ४६२ मत ल्याएर विजयी भए । सहसचिवमा निर्मला रुम्बा र बिनोद थापा निर्विरोध भएका थिए ।