जन्तीबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

तु खबर संवाददाता
२०७८ मंसिर ६, सोमबार ०९:०१

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकबाट काठमाडौं तर्फ गइरहेको हेलम्बु यातायातको जन्तीबसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आज (सोमबार) बिहान ८ बजेको समयमा सिन्धुपाल्चोकको बाहुनेपाटीमा बा ४ छ ७७६६ नम्बरको बसले ०२०२० बा.प्र. २११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक नुवाकोट घर भएका बासु बस्नेत रहेका छन् । बसको ठक्करबाट बस्नेतको मृत्यु भएपछि स्थानीयले बसमा तोडफोड गरेका छन् । घटनास्थलमा प्रहरीले अनुसन्धान सुरु गरेको छ भने बसका चालक फरार भएका छन् । मृतक बस्नेत मेलम्चीमा रहेको मेरो फाइनान्स कम्पनीका कर्मचारी हुन् ।