प्राकृतिक जलासय केन्द्र हेटौंडाद्वारा सचेतनामूलक र्याली

तु खबर संवाददाता
२०७८ मंसिर ५, आईतवार १७:०४

मकवानपुर । अन्तर्राष्ट्रिय मत्स्य दिवस आज हेटौंडाको प्राकृतिक जलासय प्रवर्द्धन एवं संरक्षण केन्द्रले सचेतनामूलक र्‍यालीसहित मनाएको छ । पर्याप्त प्रोटिनयूक्त खाद्य भित्र पर्ने माछाको संरक्षण गरौं माछा खाउँ स्वस्थ रहौं, माछा पालौ आम्दानी बढाऔं भन्ने नारा लेखिएको प्लेकार्ड बोकेर सहर परिक्रमा गरेर उक्त कार्यक्रम मनाइएको हो ।

सो क्रममा केन्द्रका प्रमुख सरोज कुमार यादवले सहज सरल र सस्तोमा पाइने तथा सबै प्रकारका रोगीले समेत माछा खान हुने भएकोले माछा बहु उपयोगी भएको बताए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, किसान तथा कर्मचारीले सहभागीता जनाएका थिए ।