संसदमा सबैको पहुँच बढाउँदै पारदर्शितामा जोड दिएका छौं : सभामुख श्रेठ
मकवानपुर । बागमी प्रदेशसभा सचिवालयमा बुधबार संसदीय खुलापन र पारदर्शितामा असल अभ्यास सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । जनपत्र मिडिया प्रालि मकवानपुरको आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को आर्थिक सहयोगमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै बागमती प्रदेशका सभामुख सानु कुमार श्रेष्ठले यहाँको संसदमा सबैको पहुँच बढाउँदै पारदर्शितामा जोड दिएको बताए ।
यसअघि संसदमा भएका कमजोरीहरु व्यक्तिको रहेको बताउँदैउनले भने, ‘पहिले भएका कमजोरीहरु सुधार गर्दै जाने छौं । यस्ता कमजोरी कसैबाट भएको भए व्यक्तिले गरेका हुन् । सिङ्गो संस्थाले कमजोरी गरेको होइन ।’ बागमती प्रदेशसभामा पक्षपातको कुनै काम नभएको उनको भनाई छ । सबैलाई समान व्यवहारले काम गरिएको उनले बताए । प्रदेशसभामा हिजोका दिनहरुमा भन्दा धेरै सुधारका कामहरु भइरहेको बताउँदै सभामुख श्रेष्ठले भने,‘केही टेक्नीकल समस्या र भवनका कारण समस्या परेको हुनसक्छ अब यसलाई सच्याउँदै अगाडी बढ्ने छौं ।’
प्रदेशसभाबाट पास भएका ऐनहरु कार्यान्यनमा गएको र केही ऐनहरु आवस्यक्ता अनुसार संसोधन भएको उनले बताए । प्रदेशसभामा बजेट पास गराउने बेलामा भन्दा बाहेक अरु बेलामा दलहरुबिचमा समन्वयबाट नै विधयकहरु पास भएको जानकारी गराए । प्रदेशसभामा संस्थागत संरचना नहुँदा केही समस्या परेपनि नागरिकको पहुँमा भने रहेको बताए । पत्रकारले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा बोल्दै उनले टेक्नीकल मेनपाओर नहुँदा समस्या बढेको बताए । कार्यक्रममा प्रदेशसभाका निमित्त सचिव बिनोद अमात्यले प्रदेशसभाले हालसम्म गरेका कानूनका विषयमा जानकारी गराएका थिए । हालसम्म प्रदेशसभाबाट ६२ वटा ऐनहरु परित संसोधनसहित गरेर पारित भएको अमात्यले जानकारी दिए । प्रदेशमा ८२ वटा कानून निर्माण गर्नुपर्ने पहिचान भएको छ । पहिचान भएर पनि बन्न बाकी ऐन ४५ वटा रहेका छन् ।
कार्यक्रममा भर्चुअल विधि मार्फत सार्वजनिक लेखा समितिका सभापति न्युछेनारायण श्रेष्ठ, प्रदेश मामिला समितिका सभापति माधब पौडेल सहभागि थिए । त्यसैगरी, प्रदेशसभाका विभिन्न समितिका सचिबहरुको सहभागिता रहेको थियो । पत्रकारहरुसंगको अन्तरक्रियामा नागरिक दैनिकका वरिष्ठ संबाददाता इस्वरी सुवेदीले संसदमा खुलापन र हाम्रो अभ्यासका विषयमा प्रस्तुतीकरण गरेका थिए ।
