मकवानपुरगढी गाउँपालिकाको कार्यालयमा कांग्रेसले लगायो ताला

तु खबर संवाददाता
२०७८ मंसिर १, बुधबार १५:१५

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाको कार्यालयमा कांग्रेसले बुधबार तालाबन्दी गरेको छ । नदिजन्य पदार्थ उत्खनन्को लागि लगाइएको ठेक्काको विषयमा गाउँपालिकाले मनोमानी गरेको गरेको भन्दै कांग्रेसले कार्यालयको मुल गेटमा ताला लगाएको हो । गाउँपालिकाले गरेको ज्याजती र ढुंगा गिट्टी बालुवालगायतका नदिजन्य पदार्थमा भ्रष्टाचार गर्न खोजेकोले त्यसलाई रोक्न तालाबन्दी गरिएको कांग्रेस मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष राजविर मोक्तानले बताए ।

लामो समयदेखि पटकपटक बसेर छलफल गरौं भन्दा हुन्छ भन्ने तर नगर्ने तथा विगतमा भएका सहमतिहरु कार्यान्वयन नगरेकोले आफुहरु तालाबन्दी गर्न बाध्य भएको मोक्तानको भनाई छ । गाउँपालिकामा भएको अनियमितता र भष्ट्रचारको विरुद्ध यस्तो कार्य गर्न आफुहरु बाध्य भएको मोक्तानले दावी गरे ।