हेटौंडामा एक जनाको शव फेला

तु खबर संवाददाता
२०७८ कार्तिक २९, सोमबार १७:०३

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित वन विज्ञान अध्ययन संस्थान (फरेष्टि क्याम्पस ) नजिकै झाडीमा एक जना पुरुषको शव फेला परेको छ । अन्दाजी ३५ बर्षको पुरुष लडिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिएका छन् ।

उनको अनुसार मृतकको नाकबाट रगत बगेको देखिएको छ । ती युवकको हत्या भएको हो वा आत्महत्या हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । उनको सनाखत गर्ने प्रयास पनि भइरहेको रिमालले जानकारी दिए । पुरुषको शव झाडीमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।