हेटौंडामा २२ जनाले गरे रक्तदान

तु खबर संवाददाता
२०७८ कार्तिक २५, बिहीबार १५:५६

मकवानपुर । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) बागमती प्रदेशले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सिडेलेल बिहिबार हेटौंडा उपमहानगरपालिकाको बुद्धचोकस्थित उक्त कार्यक्रमको आयोजना गरेको हो । सिडेनले रक्त संचार केन्द्र हेटौंडाको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो ।

कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण रगत उपलब्धतामा कमी आएको र अत्यावश्यक रगत अभाब भएकोले उक्त कार्यक्रमको आयोजना गरेको सिडेन बागमती प्रदेशका सचिव बिक्रम खतिवडाले जानकारी दिए । उनका अनुसार कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए । जसमा ३ जना महिला र १९ जना पुरुष रहेको जनाइएको छ ।