हेटौंडामा चलचित्र ‘चोरपुलिस’ प्रदर्शन हुँदै

मकवानपुर । शुभदिपवाली तथा छठ पर्वको अबसरमा नेपाली कथानक चलचित्र ’चोरपुलिस’ हेटौंडामा प्रदर्शन हुने भएको छ । सोमबार पत्रकार सम्मेलन मार्फत हेटौंडाको ओम म्याक्स सिनेमा हलमा यही कार्तिक २५ गतेका दिन बिशेष प्रदर्शन हुने भएको हो । दिउँसो १२ बजे र ३ बजे दुई सो गरि चलचित्र प्रदर्शन हुने निर्माता विकास लामा (अजय) ले जानकारी दिए ।
चलचित्रमा धिरेन शाक्य, राजेन्द्र खड्की, बुद्धि तामाङ (हैट), जयनन्द लामा, जयकिशन बस्नेत, जयन्ति बस्नेत, सोभित बस्नेत, सुसिल पोखरेल, रामचन्द्र अधिकारी, सुरबीर पण्डित, सुलेमान शंकर (इकु) लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । चलचित्रमा आर एल लामाको कथा तथा पटकथा, रामेश्वर हुमागाईको छायांकन, विकास चौधरीको संगीत, राजु किरातीको द्वन्द, अजय स्याङ्तानको नृत्य निर्देशन, तारा थापा किम्भेको सम्पादन रहेको छ । आर सोनाम मुक्तान, लंका माया मुक्तानको निर्माणमा बनेको चलचित्रलाई आर एल लामाले निर्देशन गरेका हुन् ।
पहिलो पटक हेटौंडाबाट विशेष प्रदर्शन शुरु गरि चलचित्रलाई चाडै नै नियमित प्रदर्शनमा ल्याउने निर्माण युनिटले जनाएको छ । पत्रकार सम्मेलनमा चलचित्र निर्माता बिकास लामा (अजय), तामाङ सास्कृतिक घेदुङ मकवानपुरका अध्यक्ष शुक्र लामा (अजय), बिशेष प्रदर्शन युनिटका राजकुमार थिङ र तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मोक्तान लगायतकाको आतिथ्यता रहेको थियो ।