नेता बानियाँद्वारा ४ सय घरपरिवारलाई खाद्यान्न सहयोग

तु खबर संवाददाता
२०७८ कार्तिक १७, बुधबार १५:३३

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले मकवानपुरगढी गाउँपालिका वडा नम्वर ८, बुढीचौरका ४ सय घरपरिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।

नेता बानियाँले शुभ दिपावली, छठ पर्वको अवसरमा कांग्रेस मकवानपुरगढी गाउँपालिकाले आज (बुधबार) आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा स्थानीय ४ सय घरपरिवारलाई खाद्यान्न वितरण गरेका हुन् । उनले प्रतिपरिवारलाई २५ किलो चामल, नुनु, दाललगायत खाद्य सामाग्री सहयोग गरेका हुन् ।

कांग्रेस मकवानपुरगढी गाउँपालिका ८ का वडा सभापति बेदनाथ न्यौपानेको सभाध्यक्ष तथा नेता बानियाँको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा प्रतिनिधिसभा १ का संघीय सभापति यतिराज सापकोटा, क्षेत्रीय सभापति लोक मुक्तान, हेटौंडा उपमहानगरपालिकाका निवर्तमान सभापति आनन्दराम पराजुली, वडा अध्यक्ष कुमार सिं घिसिङलगायतको उपस्थिति रहेको थियो ।