मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु
रौतहट । रौतहटको पूर्वीभेगस्थित गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हाल नम्वर नखुेको मोटसाइकल गढी माई नगरपालिकाको धरमपुरस्थित बागमती नदीको पुलमा ठोक्किएर दुर्घटना हुँदा एक जना प्रहरी जवानको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सर्लाहीको धनकौल वैरिया घर भई दुर्गा भगवती गाउँपालिका बडहराका प्रहरी चौकीमा कार्यरत ३३ वर्षीय रामनिवास यादव रहेका छन् । दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीको नेतृत्वका इप्रका पिपरा रजबाडा सहितको टोली घटनास्थल पुगेको थियो । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
