प्रदेश लोकसेवा आयोग बागमतीको वार्षिक प्रतिवेदन पेश
मकवानपुर । प्रदेश लोकसेवा आयोग बागमती प्रदेशले प्रदेश प्रमुख समक्ष दोस्रो वार्षिक प्रतिवेदन पेश गरेको छ । आज (शुक्रबार) प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष आयोगको वार्षिक प्रतिवेदन पेश गरेको हो । प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ११२ बमोजिम प्रदेश प्रमुख शर्मा समक्ष प्रतिवेदन पेश गरेको जनाइएको छ ।
प्रदेश प्रमुख कार्यालय हेटौंडाका अनुसार, आयोगका अध्यक्ष श्रेष्ठसहित सदस्यहरु सुदर्शनप्रसाद ढकाल, शर्मिला न्यौपाने र निमित्त सचिव भोला दाहालको टोलीले प्रदेश प्रमुख समक्ष आर्थिक वर्ष २०७७÷०७८ मा सम्पादन गरेका काम–कारबाहीहरूको दोश्रो वार्षिक प्रतिवेदन प्रस्तुत गरेको हो । आयोगको २०७७ श्रावण १ गतेदेखि २०७८ आषाढ ३१ गते सम्मका काम कारवाहीहरु समेटिएका प्रतिवेदन तयार पारेको हो ।
