अपाङ्ग महासंघ बागमतीको अधिवेशन मंसिरमा हुने
मकवानपुर । राष्ट्रिय अपाङ्ग महासंघ बागमतीको चौथो साधारणसभा तथा दोस्रो अधिवेशन आगामी मंसिरमा हुने भएको छ । महासंघका साधारण सभा तथा दोश्रो अधिवेशन आगामी मंसिर २४ र २५ गते हुने भएको हो ।
उक्त अधिवेशनमा प्रदेशरका १ सय ३७ वटा संस्थाका प्रतिनिधि सहभागी हुने सचिव कृतन श्रेष्ठ दुवालले जानकारी दिए । प्रत्येक संस्थाबाट एक महिलासहित दुई जना प्रतिनिधिले अधिवेशनमा सहभागिता जनाउन पाउनेछन् । निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरुकोे विविधतालाई मध्यनजर गर्दै पहुँचयुक्त विद्युतीय भोटिङ मेसिन प्रयोग गरी मतदान गर्ने व्यवस्था मिलाइएको सचिव श्रेष्ठले बताए ।
सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको सहकार्यमा मन्त्रालयभित्र अपाङ्गता सूचना केन्द्र स्थापना गर्नेदेखि बागमती प्रदेशको १ सय १९ स्थानीय तहमा समूदायमा आधारित पुर्नस्थापना कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गर्न सफल भएको अपाङ्ग महासंघ बागमती प्रदेश अध्यक्ष अश्विन लम्सालले जानकारी दिए ।
