हेटौंडा अस्पताललाई भेन्टिलेटर सहयोग

तु खबर संवाददाता
२०७८ कार्तिक ९, मंगलवार ०९:१९

मकवानपुर । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पताललाई दुई थान भेन्टिलेटर सहयोग भएको छ। अस्पताललाई बुद्धीष्ट चुची फाउण्डेशनले २ थान भेन्टिलेटर सहयोग गरेको हो । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम अझै पनि रहेका कारण उनीहरुको सहज रुपमा उपचार गर्न सकिने भेण्टिलेटर सहयोग गरेको उक्त फाउण्डेशनले जनाएको छ ।

फाउण्डेशनका नेपाल प्रतिनिधि मेश नकर्मीले सोमबार एक कार्यक्रमबी बागमती प्रदेशका स्वास्थ्य मन्त्री प्रदीप कटुवाललाई हस्तान्तरण गरेका हुन् । फाउण्डेसनले ग्लोब्स, मास्कलगाय अन्य स्वास्थ्य सामाग्री पनि सहयोग गरेको छ । सो क्रममा बोल्दै स्वास्थ्य मन्त्री कटुवालले सहयोगमा आएको ६० लाखको स्वास्थ्य सामाग्री राख्ने मात्र होइनकी प्रयोगमा ल्याइने बताए । कोभिडलाई अवसरको रुपमा बदल्न प्रदेश सरकार तयार रहेको उनले बताए । कार्यक्रम प्रतिष्ठानका उपकुलपती डाक्टर विश्वराज जोशीको अध्यक्षतामा भएको हो ।