मकवानपुरगढीका ३ जना कांग्रेसमा प्रवेश

तु खबर संवाददाता
२०७८ कार्तिक ७, आईतवार १७:१२

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका ३ जना युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रका नेता चन्द्र बञ्जरासहित प्रकाश रिमाल र विकास पुडासैनी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले सदस्यता प्रदान गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा कांग्रेस क्षेत्र नम्बर २ का संघीय सभापति यतिराज सापकोटा, मकवानपुरगढी गाउँपालिका सभापति राजबिर मोक्तान, बकैया गाउँपालिका सभापति दिलबहादुर बोम्जन, मकवानपुरगढी–४ का सभापति दिपेश दाहाल, युवा नेता सागर तिमल्सिना लगायतको सहभागिता रहेको थियो । नेता बानियाँले आज (आइतबार) बिहान मात्रै दुई जनालाई कांग्रेसको सदस्यता प्रदान गरेका थिए ।

नेता बानियाँले आज बिहान एमाले संगठित सदस्य एवं जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका सहायक व्यवस्थापक दामोदर अधिकारी र बकैया गाउँपालिका वडा नम्वर ५ का पदमबहादुर विश्वकर्मालाई सदस्यचता प्रदान गरेका हुन् । सो कार्यक्रम नेपाली कांग्रेस क्षेत्र नम्बर २ का संघीय सभापति यतिराज सापकोटा, ट्रेड युनियन कांग्रेस प्रदेश उपाध्यक्ष कुमार पौडेल, नेताहरू राजु गौतम, बिजेन्द्र अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।