हात्ती धपाउन प्रवाह गरिएको करेन्ट लागेर राईको ज्यान गयो

तु खबर संवाददाता
२०७८ कार्तिक १, सोमबार १६:०९
सांकेतिक तस्वीर

झापा । झापाको भद्रपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । हात्ती धपाउन प्रवाह गरिएको करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार बिहान ८ बजे भद्रपुर १० केन्द्र मोडकी ५४ वर्षीया कल्पना राईले हात्ती धपाउन करेन्ट प्रवाह गरिएको तारमा अचानक छोइँदा उनको मृत्यु भएको हो । आफ्नै घरबाहिर हात्ती धपाउन राखेको तारमा अचानक छुँदा उनलाई करेन्ट लागेको हो ।

करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए । सो क्षेत्रमा हात्तीले घर भत्काइदिने, अन्नबाली नाश गदिदिने र स्थानीयहरुलाई समेत त्रसित बनाउँदै आएको छ । मृतक राईको शव पोष्टमार्टमको लागि शव गृहमा पठाइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेकोसमेत जनाएको छ ।