सिन्धुपाल्चोकमा गयो लगातार दुई पटक भूकम्प
काठमाडौं । बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लामा सोमबार दिउँसो दुई पटक भूकम्प गएको छ । जिल्लाको पाङफुङ केन्द्रविन्दु भएर लगातार दुई पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापनकेन्द्रले जनाएको छ । भूकम्प मापन केन्द्रका अनुसार, १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा समान ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का आसपासका जिल्लाहरु र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण नआएको जनाएको छ । यसअघि आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
