मकवानपुरको भोर्लेनी खोलामा युवतीको शव फेला

तु खबर संवाददाता
२०७८ आश्विन २१, बिहीबार १४:४४
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरको बागमतीमा एक युवतीको शव फेला परेको छ । आज (बिहिबार) बिहान बागमती गाउँपालिका वडा नम्वर ५ स्थिति भोर्लेनी खोलामा एक युवतीको शव फेला परेको जिल्ल प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

उक्त शव स्थानीय अन्दाजी २२ वर्षीया भगवती भोलनको रहेको प्रहरी नायव उपरीक्षक रिमालले बताए । उनका अनुसार, भोलनको शव बिहान १० बजेको समयमा फेला परेको हो । प्रहरीलाई आफन्तले दिएको जानकारी अनुसार खोला तर्ने क्रममा भोलनलाई बगाउँदा मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको उन्ले बताए । उक्र घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।