स्थापना दिवसको अवसरमा मामाघर नेपाललाई सहयोग

तु खबर संवाददाता
२०७८ आश्विन २०, बुधबार १७:३०

मकवानपुर । रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केनसान) मकवानपुरले मामाघर नेपाललाई अािर्थक रकम सहयोग गरेको छ । केनसान मकवानपुरले आफ्नो १७ औं स्थापना दिवस तथा दशैंको अवसरमा हेटौंडा –११, डाङडुङेस्थित मामाघर नेपाललाई नगद २० हजार रुपैयाँ सहयोग गरेको हो ।

बुधबार रसायन तथा मेडिकल आपूर्ति संघ मकवानपुरका अध्यक्ष लक्ष्मण अधिकारीले मामाघर नेपालकी उपाध्यक्ष ईश्वरी अर्याललाई उक्त रकम हस्तान्तरण गरेका हुन् । मामाघर नेपालमा आश्रित बालबालिकाको आवश्यकता अनुसार खर्च गर्न मिल्ने गरी संघका अध्यक्ष अधिकारीको नेतृत्वमा संघका पदाधिकारी तथा सदस्यको समूह हेटौंडा–११ मामाघर नेपालमै पुगेर उक्त रकम हस्तान्तरण गरेको संघका सचिव सुरज चौलागाईँले जानकारी दिए ।

अभिभावकको लापरवाहीका कारण सडकमा कष्टकर जीवन बिताउन बाध्य बालबालिकाको उद्दार, संरक्षण र परिवारमा पुनर्मिलन गराउन मामाघर नेपालले समाजकै अभिभावकको रुपमा कार्य गर्दै आएको जानकारी गराउनुहुँदै उपाध्यक्ष अर्यालले सहयोगप्रति आभार व्यक्त गरिन् ।

मामाघर नेपालमा अहिले २१ जना बालकहरु आश्रित छन् । मामाघर नेपालमा आश्रितम बालकहरु २ कक्षादेखि ११ कक्षासम्म अध्ययनरत छन् । केही बालक मामाघर नेपाल स्थापनाकालदेखि नै बस्दै आएका छन् भने पछिल्लो ५ महिनादेखि नयाँ बालकको उद्दार गर्न नपरेको मामाघर नेपालले जनाएको छ । संघको स्थापना दिवसकै अवसरमा आज साँझ हेटौंडाको बुद्धचोकमा दीप प्रज्वलन कार्यक्रमको आयोजना समेत गरिएको छ ।