दुई क्लबलाई काँग्रेसको सहयोग

तु खबर संवाददाता
२०७८ आश्विन २०, बुधबार १४:४४

मकवानपुर । मकवानपुरगढी–४ स्थित २ वटा क्लबलाई जर्सी तथा बुट सहयोग गरिएको छ । क्लबलाई नेपाली काँग्रेस मकवानपुरगढी ४ ले १० सेट फुटबल जर्सी र ८ सेट बुट सहयोग गरेको हो ।

कांग्रेस मकवानपुरगढी–४ का सभापति सुबास सापकोटाका अनुसार न्यु मनकामना युवा क्लबलाई १० सेट जर्सी तथा श्री सेर्के गुम्बा बन्दाडांडा युवा क्लबलाई ८ सेट बुट सहयोग गरेको हो । स्थानीय खेलकुद क्षेत्रको विकास होस् भन्ने उद्देश्यले जर्सी तथा बुट सहयोग गरिएको उनले बताए । स्थानीय खेलकुदको विकासको लागि आगामी दिनमा पनि यस किसिमको सहयोगमा निरन्तरता दिइने काँग्रेस वडा कमिटी सभापति सापकोटाको भनाई छ ।