मन्त्रिपरिषद् विस्तार : प्रधानन्यायाधिशलाई जोडिए आएको समाचारप्रति सर्वोच्चको ध्यानाकर्षण
काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरालाई जोडिएर विभिन्न संचारमाध्यमहरुमा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार सर्वोच्च अदालतले एक विज्ञप्ति जारी गर्दै सो घटनाप्रति अदालतको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
विभिन्न संचार माध्यममा केही दिनदेखि मन्त्रिपरिषद् विस्तारमा प्रधान न्यायाधीशको संलग्नता रहेको शिर्षकमा समाचार सार्वजनिक भएपछि सोमबार सर्वोच्चका प्रवक्ता बाबुराम दाहालको हस्ताक्षरसहित विज्ञप्ति जारी गर्दै अदालतले प्रधान न्यायाधिशलाई असान्दर्भिक रुपमा जोडर अतिन्जित एव्म भ्रामक समाचार प्रकाशन गर्न आग्रह गरेको छ । जारी विज्ञप्तिमा, ‘संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषदको गठन एवं विस्तारको विषयमा सम्माननीय प्रधानन्यायाधीशज्यूलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित एवं भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दुःखद र खेदजन्य विषय हो’ उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ,‘सम्माननीय प्रधानमन्त्रीज्यूबाट नेपालको संविधानबमोजिम न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष र सक्षम बनाउने विषयमा आफ्नो स्पष्ट प्रतिवद्धता रहेको धारणा विभिन्न समयमा व्यक्त हुँदै आएको स्मरण गराउँदै सर्वोच्च अदालतको अमुक फैसलासमेतका सन्दर्भ जोडी यस प्रकारका समाचाहरु आउनु अदालतप्रतिको जनआस्था एवं नेतृत्वप्रति प्रतिकुल प्रभाव पार्ने दूषित मनसायबाहेक केही हुन सक्दैन ।’ साथै अदालतले यस प्रकारका मिथ्यापूर्ण, भ्रामक समाचारहरूको विश्वासमा नपर्न आम नागरिक सबैमा अनुरोध गर्दै न्यायपालिकासँग सम्बन्धित समाचारहरू प्रकाशन गर्दा सत्यतथ्य बुझी आधिकारिता पुष्टी हुने गरी समाचार प्रकाशन गर्न भनिएको छ ।

