हेटौंडामा मृत भेटिए बानियाँ
मकवानपुर । मकवानपुरको हेटौंडामा आज (सोमबार) बिहान एक जना मृत अवस्थामा भेटिएका छन् । बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ स्थित अन्दाजी ३० वर्षीय समशेर बानियाँ मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, उनी हेटौंडा आद्योगिक क्षेत्रको बिस्कुट फ्याक्ट्रिमा कार्यरत थिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयशवर रिमालका अनुसार, बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्वर २१ का बानियाँ ओछ्यानमा मृत अवस्थामा फेला परेको हो । मृतक बानियाँको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक रिमाले बताए । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
