प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना

तु खबर संवाददाता
२०७८ आश्विन १६, शनिबार ०८:०५

मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौंडाले ६६ औं प्रहरी दिवसको अवसरमा नेपाल रेडक्रस सोसाईटी हेटौंडा शाखासँग समन्वय गरी रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय र सो अन्तर्गतका जिल्ला प्रहरी कार्यालय मकवानपुर, दंगा नियन्त्रण प्रहरी गण, सशस्त्र प्रहरी गण रातोमाटेमा कार्यरत ७२ जना प्रहरी कर्मचारीहरुले रक्तदान गरेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । प्रहरी दिवसकै अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले विभिन्न खेलकुद गतिविधि संचालन, सार्वजनिक महत्वका स्थलहरुको सरसफाई, वृक्षारोपण, हेटौंडामा रहेका वृद्धाश्रमहरुमा फलफुल वितरण गर्ने लगायतका कार्यक्रम संचालन गर्ने बताइएको छ ।