बुद्धभूमि नेपाल हाईड्रोपावरको आईपिओमा एकैदिन साढे ४ लाख बढीको आवेदन

तु खबर संवाददाता
२०७८ आश्विन १२, मंगलवार ०९:१३
file-photo

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडलेको आईपिओमा हिजो (सोमबार) पहिलो दिन मै साढे ४ लाख भन्दा बढीले आवेदन दिएका छन् । सर्वसाधारणका लागि खुल्ला गरेको उक्त आईपिओमा सोमबार एकैदिन ४ लाख ५३ हजा ७ सय ७८ जनाले आवेदन दिएको बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।

बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार, सोमबार बेलुका ५ बजेसम्ममा बुद्ध भूमि नेपाल हाईडड्रोपावरको आईपिओमा ५९ लाख ४९ हजार ९ सय ४० कित्ता शेयर खरिदको लागि आवेदन दिएको हो । सो हाईड्रोपावर कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएकोमा पहिलो दिनमा माग भन्दा बढि आवेदन परेको हो । अब गोला प्रथाबाट शेयर बाँडफाँड हुनेछ ।

सो शेयरमा सर्वसाधारणले असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयर आवेदनका लागि मेरो शेयरमार्फत अनलाईनबाट वा आस्वा सदस्य बैंकमा गएर आवेदन दिन सकिने जनाइएको छ ।