ट्रकको ठक्करबाट आमा–छोराको मृत्यु

तु खबर संवाददाता
२०७८ आश्विन १२, मंगलवार ०८:४३

बुटवल । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट सैनामैना–५ की ४२ वर्षीया राधा भट्टराई र २२ वर्षीया महेश भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृतक राधा र महेश आमा–छोरा हुन् ।

सैनामैनाको बुद्धनगर प्रतिक्षालयमा गाडी कुरेर बसेका उनीहरुलाई पश्चिमबाट आएको ना ८ ख ४४११ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट उनीहरु गम्भीर घाइते भएका थिए ।

घाइते उनीहरुका लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले प्रहरीले जनाएको छ । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।