थाहामा एमाले निटक युवा संघको नगरस्तरीय सम्मेलन हुँदै
मकवानपुर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ थाहा नगरपालिको नगरस्तरीय सम्मेलन असोज १३ गते बुधबार हुने भएको छ । नगरका वडा तथा टोलहरुमा समेत युवा भेला तथा कमिटी निर्माण गरेर युवा संघ नगर सम्मेलन हुन लागेको युवा संघका नगर संयोजक प्रदिप भट्टले जानकारी दिए ।
उनका अनुसार, बुधबार जेसीज सभाहलमा नगर सम्मेलनमा ३०० भन्दा बढी युवाहरुको सहभागिता रहनेछ । सम्मेलनलाई नेकपा एमालेका केन्द्रीय नेता तथा युवा संघ इन्चार्ज महोश बस्नेतले सम्बोधन गर्ने कार्यक्रम तय भएको युवा संघले जनाएको छ । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी, थाहा नगर कमिटी, महिला संघका सदस्यहरुलगायतको समेत आतिथ्यता रहने छ । युवा सम्मेलनबाट थाहा नगर युवा संघको नयाँ कार्यसमिति समेत घोषणा हुने भट्टले जानकारी दिए ।
