माधव नेपालसहित १४ सांसदविरुद्धकोे मुद्धाको सुनुवाई आज हुँदै

तु खबर संवाददाता
२०७८ आश्विन ५, मंगलवार ०९:०७

काठमाडौँ । नेकपा एमालेले माधव नेपालसहित १४ सांसद पदमुक्तीको अन्तरिम आदेश माग गर्दै दायर गरेको रिट निवेदनको आज सुनुवाई हुँदैछ । न्यायाधीशद्वय दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा सोमबार बहस हुँदाहुँदै समय सकिएपछि सो मुद्धा हेर्दा हेर्दैमा राखिएको थियो । एमालेले निष्कासन गरेको १४ सांसदर्लाइ पदमुक्त नगरी सभामुखले गैरकानूनी काम गरेको र तिनै व्यक्तिको सनाखतबाट निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी दर्ता गरेको भन्दै एमालेले बताउँदै आएको छ । सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगसमेतलाई विपक्षी बनाएर एमालेले रिट दायर गरेको थियो ।

रिटमा १४ सांसद कारवाही नगर्ने सभामुखको निर्णय खारेज हुनुपर्ने, एमालेले कानुन बमोजिम गरेको कारवाही कार्यान्वयन गरी सूचना टाँस्न अन्तरिम आदेश दिनुपर्ने माग गरिएको छ । एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र १ भदौमा संसद् सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो । तर, सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गरेका सांसदलाई निष्कासन गरेको सूचना टाँस गरेका थिएनन् ।