कांग्रेस बकैयाद्वारा नवनिर्वाचित वडा सभापतिलाई सम्मान
मकवानपुर । नेपाली कांग्रेस बकैया गाउँपालिकाले कांग्रेसको १४ औं महाधिबशेनको लागि भएको वडा अधिबेशनबाट नवनिर्वाचित वडा सभापतिहरु तथा पुराना नेताहरुलाई सम्मान तथा प्रमाणपत्र वितरण गरेको छ ।
कांग्रेस बकैया गाउँपालिकाले १२ वटा वडाका नवनिर्वाचित वडा सभापतिहरु तथा बकैयाका पुराना नेताहरुलाई सम्मान तथा प्रमाणपत्र वितरण गरेको हो । कार्यक्रम कांग्रेस बकैया गाउँपालिका सभापति भूमिनन्द गौतमको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सल्लाहकार रिता खनाल, प्रभातकुमार दाहाल, प्रवक्ता प्रदिप कोइराला, जिल्ला सदस्यहरु अमृता थापा मगर, सुशान्त श्रेष्ठ, ईन्दिरा न्यौपाने, भीमसेन महत, सुनिल अधिकारी, संघीय सभापति दामोदर खनाल, महासमिति सदस्यहरु लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कांग्रेस बकैयाको गत भदौ २० गते वडा सभापतिको अधिवेशन भएको थियो ।



