संविधान दिवसको अवसरमा संगीत थेरापी कार्यक्रम

तु खबर संवाददाता
२०७८ आश्विन ३, आईतवार १०:३८

मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले आज (आइतबार) हेटौंडामा संगीत थेरापी कार्यक्रम संचालन गर्ने भएको छ । प्रदेश प्रहरी कार्यालयले संविधान दिवस २०७८ को अवसरमा हेटौंडामा संगीत थेरापी कार्यक्रम संचालन गर्ने भएको हो ।

कार्यक्रम दिउँसो ३ बजेको समयमा हेटौंडाको बुद्धचोकमा हुनेछ । विभिन्न समस्याका कारण तनाबको अवस्था महसुस गर्ने आम नागरिकलाई संगीत थेरापीमार्फत तनाबमुक्त बनाउने उद्देश्यले सो कार्यक्रम गर्न लागिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

बागमती प्रदेश आन्तरिक मालिा तथा कानून मन्त्रालयको आयोजनामा बागमती प्रदेश प्रहरी व्याण्ड गुल्मद्वारा विभिन्न प्रकारका सांगितिक धुनमार्फत तनाब व्यवस्थापनको तयार गरिएको जनाएको छ । प्रदेश प्रहरी कार्यालयले स्वास्थ्य सुरक्षाप्रति पूर्ण सावधानी अपनाई आम नागरिकलाई कार्यक्रम सहभागी हुन अनुरोध गरेको छ । संविधान दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष झै यस वर्ष पनि सरकारले समाजमा विशिष्ट योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सरकारले संविधान दिवस २०७८ को अवसरमा विभूषण, मानपदवी तथा अलंकारबाट सम्मान गर्ने घोषणा गरेको छ ।