भीमफेदी कारगारका ४३ कैदीबन्दीको कैद मिनाह हुने
मकवानपुर । मकवानपुरको भीमफेदी कारागारमा रहेका ४३ जना कैदीबन्दीको कैद मिनाह हुने भएको छ । संविधान दिवसको अवसरमा भीमफेदी गाउँपालिका वडा नम्वर ६ स्थित सो कारागारमा रहेका ४३ जना कैदीबन्दीको कैद मिनाह हुने भएको छ ।
नेपाल सरकारले संविधान दिवस र प्रजातन्त्र दिवसका को अवसरमा हरेक वर्ष कैदीबन्दीको कैद मिनाह गर्ने गरेको छ । हरेक वर्ष झै यस वर्षपनि सरकार संविधान दिवसको अवसरमा कैदीबन्दीको कैद मिनाहा गर्न सिफारिस गरिएको जनाइएको छ । सरकारले ५० प्रतिशत कैद भुक्तानी गरेका, असल चालचलन भएको, थोरै कैद समय बाँकी भएकाहरुलाई बाँकी कैद मिनाहको लागि सिफारिस गरिदै आएको हो ।
भीमफेदी कारागारमा हाल १ हजार कैदीहरु रहेका छन् । तीमध्ये ४३ जना कैदीबन्दीको मात्रै कैद मिनाहा गर्न सिफारिस भएको कारागारका प्रमुख नारायण पाण्डेले जानकारी दिए । उनका अनुार, भीमफेदी कारागारमा महिला बन्दी गृह निर्माण भएपनि पुरुषहरुलाई मात्र राखिदै आएको छ । कारागारमा महिला कैदीलाई राख्न सुरुवात नभएको कारागार प्रमुख पाण्डेले उनले बताए ।
यसैगरी, संविधान दिवसको अवसरमा संविधान दिवस, २०७८ मुल आयोजक समिती बागमती प्रदेशको आयोजना तथा मकवानपुर जिल्ला खेलकुद विकास समिति र जिल्ला एथलेटिक्स संघ, मकवानपुरको संयोजनमा आज (शनिबार) हेटौंडामा ५ किलोमिटर खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको छ । जसमा हेटौंडा–१३ पदमपोखरीका महेश मोक्तान ५ कि.मि. दुरी १६ मिनेट २१ सेकेण्ड ८८ मिलिसेकेण्डमा पार गरेर प्रथम भएका छन् ।
यस्तै, प्रतियोगिताको द्धितिय र तृतीय क्रमशः बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका सुरेश साह र श्याम कुमार राई भएका छन् । साहले उक्त दुरी १७ मिनेट ४२ मिलिसेकेण्डमा पार गरेका थिए भने राईले १७ मिनेट १६ सेकेण्ड ५३ मिलिसेकेण्डमा दुरी पार परेका थिए । प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय भएकालाई आइतबार क्रमशः १५, १० र ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाइएको छ ।
