कपिलवस्तुमा बस दुर्घटना, १८ जना घाइते

तु खबर संवाददाता
२०७८ आश्विन २, शनिबार १३:१५

मकवानपुर । शनिवार बिहान कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्वर १ बनकसवासामा यात्रुबाहक बस सडकबाट केही तलसम्म पल्टिँदा १८ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट यात्रु लिएर रुकुमतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस अनियन्त्रित भई सडकको बायाँ तर्फ पल्टिदा बसमा सवार १८ जना घाइते भएको प्रहरीले जनाएको छ । सो बसरमा ३१ जना यात्रु सवार रहेको बुझिएको छ ।

१८ जना मध्ये ५ जना स्थानीय अस्पतालमा उपचार भइरहेको र १२ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिएका छन् । बस दुर्घटनाको कारणबारे केही खुल्न सकेको छैन । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।