मकवानपुरमा थप ३६ जना कोरोनामुक्त, कुल संख्या १४६६० पुग्यो

तु खबर संवाददाता
२०७८ भाद्र ३१, बिहीबार १५:४६

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना पुष्टि भई होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा बसेका ३६ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, पछिल्लो २४ घण्टामा होम आइसोलेशनमा बसेका ३४ जना र संस्थागत आइसोलेशनमा बसेका २ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै जिल्लामा संक्रमणमुक्त हुनेको कूल संख्या १४ हजार ६ सय ६० जना पुगेको छ । संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौंडाका रहेका छन् । हेटौंडामा हालसम्म ९ हजार ७ सय ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । यसैगरी, संक्रमणमुक्त हुनेमा थाहानगरपालिकाका १ हजार ३ सय ७५ जना, मकवानपुरगढीका ४ सय १६ जना, बागमतीका २ सय ७८ जना, कैलाशका २ सय १९, मनहरीका १ हजार ३ सय २५, इन्द्रसरोवरका ८३ जना, भीमफेदीका ७ सय २५ जना, बकैयाका २ सय ४६ जना र राक्सिराङ गाउँपालिकाका २ सय ३१ जना रहेका छन् ।

यस्तै, मकवानपुरमा पछिल्लो २४ घण्टामा थप २१ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ८५ जनाको पीसीआर परीक्षण गर्दा हेटौंडा उपमहानगरपालिकाका १५ जना, मकवानपुरगढी गाउँपालिकाका ४ जना, कैलाश र भीमफेदी गाउँपालिकाका एक÷ एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यससँगै जिल्लामा हालसम्म कोरोना संक्रमिण पुष्टि हुनेको कूल संख्या १५ हजार ७१ जना पुगेको छ । संक्रमण पुष्टि हुनमो हेटौंडाका १० हजार ८५ जना, थाहानगरपालिकाका १ हजार ४ सय ५ जना, मकवानपुरगढी गाउँपालिकाका ४ सय ३५ जना, बागमती गाउँपालिकाका २ सय ८२ जना, कैलाश गाउँपालिकाका २ सय २१ जना, मनहरी गाउँपालिकाका १ हजार ३ सय ४९ जना, इन्द्रसरोवर गाउँपालिकाका ८३ जना, भीमफेदी गाउँपालिकाका ७ सय २६ जना, बकैया गाउँपालिकाका २ सय ५१ जना र राक्सिराङ गाउँपालिकाका २ सय ३४ जना रहेका छन् ।

त्यस्तै, जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण निधन हुनेको कूल संख्या १ सय ६४ जना पुगेको छ । निधन हुनेमा हेटौंडाका १ सय १६ जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको निधन भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्ति निधन नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । पछिल्लो २४ घण्टामा भने कुनै पनि व्यक्तिको निधन नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।