देउवा र कमल थापाको दिन सकियो– दाहाल

तु खबर संवाददाता
२०७४ कार्तिक ३०, बिहीबार १४:४१

हेटौँडा, ३० कात्तिक । बाम गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार कृष्णप्रसाद दाहालले अब नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र राप्रपाका अध्यक्ष कमल थापाको दिन सकिएको बताएका छन् ।
बिहिबार हेटौंडा १५ मा बामगठबन्धनको चुनाब प्रचार प्रसार कार्यालय उद्घाटन गर्दै उम्मेदवार दाहालले नेपाली काँग्रेस र राप्रपाको दिन सकिने घोषणा गरे । ‘चुनाव पछि यी दुवै पार्टीको दिन सकिन्छ,’–दाहालले भने ।
जे जे गरेपनि मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचनमा बामगठबन्धनको बिजय पछि उनीहरुको दिन सकिने उनको दाबी छ । देश र जनतालाई पटक पटक धोका दिएकाले अब जनताले सधैका लागि उनीहरुलाई परास्त गर्ने भएकाले उसको दिन सकिएको बताए ।
कार्यक्रममा बोल्दै क्षेत्र नम्बर १ प्रदेश ख का उम्मेदवार डोरमणी पौडेलले आफ्नो क्षेत्रको बिकासका लागि बाम गठबन्धनलाई मतदान गर्न आग्रह गरे । आफ्ना कार्यकर्ताहरूलाई संयमता पुर्वक कार्यक्षेत्रमा लाग्न आग्रह गर्दै विरोधिहरूका गलत गतिबिधिको भण्डाफोर गर्नुपर्ने बताए ।
बामगठबन्धन १५ नम्बर निर्वाचन परिचालन कमिटिका संयोजक सुनिल मोक्तानको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*