दुर्घटनामा राईको मृत्यु
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनकुटा सहिदभूमि गाउँपालिका वडा नम्पर ४ का ३६ वर्षीय गणेशमान राई रहेका छन् ।
आइतबार बेलुका पौने ५ बजे संखुवासभाबाट धरानतर्फ आउँदै गरेको को १ ख ४८८९ नम्बरको बसलाई सोही दिशाबाट आउँदै गरेको को १९ प ९४२८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकलकम सवार राईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा बेलुका पौने ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, सोही दुर्घटनामा परी मोटरसाइकल चालक इलाम चुलाचुली गाउँपालिका–६ का ३३ वर्षीय रत्नकुमार राई घाइते छन्।
