दुर्घटनामा श्रेष्ठको मृत्यु, ९ जना घाइते

तु खबर संवाददाता
२०७८ भाद्र २७, आईतवार १८:१९

ओखलढुंगा । ओखलढुंगामा टाटा सुमो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज (आइतबार) दिउँसो मानेभञ्ज्याङ गाउँपालिका– ६ मितेरी भञ्ज्याङमा टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा परी मृत्यु हुनेमा अन्दाजी ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठ रहेका छन् । दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएका उनको स्थायी ठेगाना भने खुलेको छैन ।

बा ११ च ५२१० नम्बरको सुमो दुर्घटना हुँदा अन्य ९ जना घाइते भएका छन् । घाइते हुनेहरुमा दुई महिला, चार नाबालक र चालकसहितका अन्य पुरुष रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको उदयपुरको घुर्मीमा उपचार भइरहेको छ । उक्त सुमोमा १० जना सवार थिए ।

दुर्घटनाका घाइतेको उद्धार र घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।