वाइसीएल भीमफेदीको अध्यक्षमा बज्यू

तु खबर संवाददाता
२०७८ भाद्र २७, आईतवार १७:३५

मकवानपुर । नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) भीमफेदी गाउँपालिकाको अध्यक्षमा बुद्धिमान बज्यू चयन भएको छ ।

शनिबार बसेको भेलाले बज्यूको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

भेलाले वाइसीयल भीमफेदीको उपाध्यक्षमा सुनिल कुमार लामा र अनोज विक, सचिवमा अनिता थापा, सह–सचिवमा दिपक आले र सपना थिङ, कोषाध्यक्षमा पेमा शेर्पा चयन गरेको छ ।

त्यसैगरी, सदस्यहरुमा क्रमशः सुमन मोक्तान, राजु थापा मगर, अनिल पुडासैनीलगायत चयन भएको माओवादी केन्द्र मकवानपुरका प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) ले जानकारी दिए ।

भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तानले परिवर्तनलाई संस्थागत गर्न युवाहरुको प्रभावकारी भूमिका जरुरी रहेको बताएकी छन् ।

भेलामा बागमती प्रदेश कमिटी सदस्य सर्केश घलान, जिल्ला सचिवालय सदस्य प्रमिला पुलामी, वाइसीएल इन्चार्ज सुमन पाख्रिन, भिमफेदी गातपालिका पार्टी कमिटी इन्चार्ज बद्री स्याङतान , वाइसीएल मकवानपुर जिल्ला अध्यक्ष राजकुमार मोक्तान, सचिव लवराज ठकुरी, पार्टी जिल्ला समन्वय कमिटी सदस्य सन्तविर लो, अप्सरा लोप्चन, प्रीतिलाल लामा, रञ्जित राना, मदन बर्तौलालगायतले मन्तव्य व्यक्त गरेका थिए ।