मकवानपुरमा थप २० जनामा कोरोना, २९ जना संक्रमणमुक्त
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ९४ जनामा गरिएको पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको जनस्वास्थय कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, जिल्ला शनिबार थपिएका संक्रमितहरुमा हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडामा गरी १९ जना र मनहरी गाउँपालिकाका एक जनाल रहेका छन् ।
यससँगै जिल्लामा कोरोना संक्रमितको कूल संख्या ५ हजार ४ सय २९ जना पुगेको छ ।
जिल्लामा कूल संक्रमितमध्ये हालसम्म १४ हजार ५ सय १३ जना कोरोनामुक्त भएका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा २९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
यसैगरी जिल्लामा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या १ सय ६३ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा कोरोनाबाट कुनै पनि व्यक्तिको मृत्यु नभएको स्वास्थ्य कार्यालय मकवानपुले जनाएको छ ।
