कांग्रेसद्वारा अधिवेशनको कार्यतालिका परिवर्तन
काठमाडौं । नेपाली कांग्रेसले विभिन्न तहको अधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । कांग्रेसले शुक्रबार एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो ।
कांग्रेसको नयाँ कार्यतालिका अनुसार वडा तहको अधिवेशन असोज ५ गतेसम्म गर्नुपर्ने भएको हो ।
यसअघि भदौ १८ गते शुरु भएको वडा अधिवेशन भदौ २६ गते सक्ने कार्यतालिका रहेको थियो । तर, २० जिल्लाको क्रियाशिल सदस्यता अझै सार्वजनिक नभएकाले कार्यतालिका परिवर्तन गरिएको जनाइएको छ ।
त्यस्तै, गाउँपालिका वा नगरपालिकाको अधिवेशन भदौ ९ गते, प्रदेशसभा क्षेत्रीय अविधेशन १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १५ गते अधिवेशन गर्ने गरी कार्यतालिका आएको छ ।
त्यस्तै, एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १८ गते र प्रदेश तहको अधिवेशन कात्तिक १०, ११ र १२ गते हुनेछ । केन्द्रीय महाधिवेशन भने मंसिर ९–१३ गतेसम्म हुने कार्यतालिकालाई यथावत छ ।
