बिपी विचार समाजको आयोजनामा ‘बिपी विचारको औचित्य’ विषयक विचार गोष्ठी
मकवानपुर । बिपी विचार समाज मकवानपुरको आयोजनामा ‘बिपी विचारको औचित्य’ विषयक विचार गोष्ठि बिहिबार आयोजना गरिएको छ ।
नेपालको राजनीति र साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०८ औँ जन्मजयन्तीको अवसर पारी सो कार्यक्रम आयोजना गरिएको हो ।
कांग्रेस मकवानपुरका प्रमुख सल्लाहकार एवम् पूर्व सभापति माइकल रामचन्द्र अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अर्यालले बिपीको विचारअनुसार कांग्रेस चल्न नसकेको हुँदा बिपीको विचार अनुसार चल्नुपर्ने धारणा व्यक्त गरे ।
विशेष अतिथि एवम् कांग्रेसकी महासमिति सदस्य उमा दाहाल, जिपी फाउण्डेशन मकवानपुरका अध्यक्ष नारायण लम्साल, कृष्णप्रसाद भट्टराई स्मृति केन्द्रका अध्यक्ष विजेन्द्र अग्रवाल, शैलजा आचार्य फाउण्डेशनका अध्यक्ष इन्दिरा न्यौपाने, समाजका सल्लाहकार एवम् प्राध्यापक कृष्ण प्रसाद दाहाल, समाजका संस्थापक सदस्य माधव आचार्य, मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान महासचिव महेन्द्र राउतलगायतले बिपीले नेपालको राजनीतिक क्षेत्रमा पुर्याएको योगदानबारे स्मरण गरेका थिए ।
समाजका अध्यक्ष विनोदचन्द्र कोइरालाको सभाध्यक्षतामा भएको कार्यक्रममा, समाजका उपाध्यक्ष प्रदिप कोइरालाले स्वागत मन्तव्य राखेका थिए भने समाजका सचिव हरिप्रसाद पौडेलले सो कार्यक्रमलाई सहजिकरण गरेका थिए ।
