बजेटसम्बन्धी तीन विधेयक स्वीकृत
काठमाडौँ । नेकपा एमालेको विरोधका बीच प्रतिनिधिसभा बैठकमा बजेटसम्बन्धी तीन विधेयक स्वीकृत भएको छ ।
आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र विनियोजन विधेयक बहुमतले स्वीकृत भएको हो ।
ती विधेयकहरूलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएको हो ।
तीनै विधेयक अर्थमन्त्री जनार्दन शर्माले सदनमा पेश गरेका थिए ।
प्रमुख विपक्षी दल एमालेले नाराबाजी गर्दै संसद् अवरुद्ध पार्न खोजेपछि अर्थमन्त्री शर्मा दौडिएर रोष्टममा पुगेका थिए ।
