संखुवासभामा एकै परिवारका ६ जनाको हत्या
काठमाडौं । संखुवासभामा एकै परिवारका ६ जनाको सामुहिक हत्या भएको छ ।
जिल्लाको मादी नगरपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
हत्या हुनेहरुमा तेजबहादुर कार्की, उनकी आमा, उनकी श्रीमती, बुहारी र दुई जना नाती रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता लालध्वज सुवेदीले जानकारी दिए ।
उनका अनुसार, मृतक तेजबहादुरका अन्दाजी ९२ वर्षीय बुवा भने घरभित्रै सकुशल फेला परेका छन् ।
नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले कसैको शव बाटोमा, कसैको बारीमा र कसैको खोल्सामा भेटिएको जानकारी दिए ।
उनीहरुको हत्या कस्ले र कन गर्यो भन्ने विषयमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
